 
	    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र अपचलन मुद्दामा कास्की जिल्ला अदालतले आज आदेश दिन सक्ने सम्भावना छ ।
एक सातादेखि भइरहेको बहस पछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासले बिहीबार साँझसम्ममा यस मुद्दामा आदेश दिन सक्ने अनुमान गरिएको छ ।
जारी बहस निष्कर्षमा पुगेको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बताउनुभयो । खनालका अनुसार बुधबार जाहेरवालाको तर्फबाट तीनजनाले जवाफी बहस गरेका थिए । अधिवक्ताहरू रमनकुमार कर्ण, राम घिमिरे र अधिवक्ता वेदबहादुर विष्टले जाहेरवालाकोतर्फबाट बहस गरेको उहाँले बताउनुभयो । आज सरकारी वकिलले जवाफी बहस गर्ने खनालले जानकारी दिनुभयो ।
यस मुद्दाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातजना प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्