काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहने छ । पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली रहने सम्भावना रहेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशको पूर्वदेखि पश्चिम तराईमा बुधबारदेखि लागेको हुस्सु र कुहिरोका कारण तापक्रम घट्न गई चिसो बढेको छ । यसले दैनिक जनजिवन, स्वास्थ्य, यातायात लगायतका क्षेत्रहरु प्रभावित भएका छन् । तसर्थ विशेष सतर्कता र सावधानी अपनाउनका लागि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्