![](https://www.imagekhabar.com/wp-content/uploads/2025/01/rabi-shimha.jpg)
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताउनुभएको छ ।
मंगलबार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताउनुभएको हो ।
अध्यक्ष सिंहले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । उहाँले पुस २७ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्ने योजना रहेको बताउनुभयो ।
अध्यक्ष सिंहले भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरु रहने बताउनुभयो । उहाँले भेलाको विषयमा सरकारका सबै निकायलाई जानकारी दिएको बताउनुभयो ।
अध्यक्ष सिंहले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको बताउनुभयो । उहाँले सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य ५ सयबाट ७७० रुपैयाँसम्म पु¥याएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्