१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


भारतमा विधानसभा निर्वाचनको मिति तय


0
Shares

एजेन्सी । भारतको नयाँ दिल्लीमा आगामी फेब्रुअरी ५ मा विधानसभाको निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगले दिल्ली विधानसभा चुनावको मिति तय गरेको हो ।

दिल्ली विधानसभाको नतिजा भने निर्वाचनको तीन दिनपछि अर्थात् फेब्रुअरी ८ मा आउने जनाइएको छ । दिल्लीका ७० सिटमध्ये १२ आरक्षित छन् भने ५८ सिट साधारण हुन् ।

दिल्लीमा १ करोड ५५ लाख मतदाता छन् । उक्त निर्वाचनमा राजधानीसमेत रहेको दिल्लीमा १३ हजारभन्दा बढी मतदान केन्द्र रहने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

दिल्लीमा १० वर्षदेखि आम आदमी पार्टी (आप)को सरकार रहेको छ । आपले दिल्लीका सबै ७० सिटमा उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ ।

भारतीय जनता पार्टी (भाजपा)ले पनि २९ उम्मेदवार तथा काँग्रेसले ४० भन्दा बढी उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ ।