१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


सीमानाकाबाट भित्रिने पर्यटकहरु प्रहरी चेकिङबाट निरुत्साहित भए, सुधार गरौं : अध्यक्ष जोशी


585
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अध्यक्ष दीपकराज जोशीले सीमानाबाट भित्रिने पर्यटकहरु प्रहरी जाँचको झन्झटले निरुत्साहित भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष जोशीले प्रहरी चेकिङको आतंकले पर्यटकहरु निरुत्साहित भएको भन्दै सहजिकरणका लागि सकारसँग अनुरोध गर्नुभएको हो ।

अध्यक्ष जोशीले पर्यटन प्रवद्र्धनका लागि नेपालले भारतको अयोध्या लगायतका क्षेत्रमा सूचना केन्द्र सञ्चालन गर्न जरुरी रहेको समेत बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनको लागि नेपालले पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको समेत बताउनुभयो ।

अध्यक्ष जोशीले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास र अन्य मुलुकहरुसँग सहयोग लिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय लगानी नभित्रिएसम्म गुणस्तरीय पर्यटक नभित्रिने जिकिर गर्नुभयो ।

अध्यक्ष जोशीले पर्यटन प्रवद्र्धनको लागि नीतिगत सुधारसँगै संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो ।