५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


महिला लिग फुटबलमा आज पुलिस क्लब र वालिङ भिड्ने


273
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र वालिङ नगरपालिका भिड्नेछन् । खेल दिउँसो ३ बजे एन्फा मैदान, सातदोबाटोमा हुनेछ ।

हिजो बिहीबारबाट शुरु भएको दोस्रो चरणको महिला लिगमा शीर्ष पाँच टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणमा सहभागी १० मध्येका उत्कृष्ट पाँच टोलीले दोस्रो चरणमा सहभागिता जनाएका छन् ।

पहिलो चरणमा पाँचौं स्थान लिएको कोशी प्रदेशले आर्थिक अभावले लिग नखेलेपछि छैटौं भएको बागमती युथ क्लबले अवसर पाएको छ ।

बिहीबारको खेलमा बागमतीलाई त्रिभुवन आर्मी क्लबले २–० ले हरायो । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा कुल २४ खेल हुनेछन् । २० खेलपछि चार टिमले प्लेअफमा स्थान बनाउनेछन् ।‌