२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


भ्रष्टाचार नियन्त्रण गर्नु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री लेखक


767
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बोल्दै गृहमन्त्री लेखकले भ्रष्टाचारजन्य कार्यमा शुन्य सहनशीलता र सुशासनको सुनिश्चितता सरकारको दायित्व र कर्तव्य भएको बताउनुभएको उल्लेख गर्दै सरकार प्रतिवद्ध भएर लागेको बताउनुभयो ।

गृहमन्त्री लेखकले संविधानको कार्यान्वयनको लागि आवश्यक पर्ने विधेयकहरु छिट्टै सदनमा ल्याइने समेत बताउनुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्न र वर्तमान व्यवस्थाको थप सुदृढिकरणका लागि आवश्यक पर्ने कानून निर्माणमा सरकार प्रतिवद्ध भएर लागेको समेत बताउनुभयो ।

गृहमन्त्री लेखकले सरकार सुशासन र आर्थिक, सामाजिक सुधारका काममा सक्रिय भएर लागेको उल्लेख गर्दै काम गर्ने वातावरण बनाउन सबैसँग आग्रह गर्नुभयो ।