१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त भएन : अध्यक्ष नेपाल


858
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले कुनैपनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गर्नुभयो ।

अध्यक्ष नेपालले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने समेत बताउनुभयो । उहाँले काठमाडौस्थित त्रिभूवन विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गर्नुभयो ।

भैरहवा विानस्थललाई डोमेस्टिक विमानस्थलको रुपमा प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।