७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


शिक्षामा सुधार गरेर विकासको शुरुवात गर्नुपर्नेमा गण्डकीका मुख्यमन्त्री पाण्डेको जोड


494
Shares

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका– ४ मा रहेको राममन्दिर माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ ।

स्वर्ण जयन्ती समारोहको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार उद्घाटन गर्दै तीन तहकै सरकारले शिक्षाबाटै विकास सुरु गर्नुपर्ने बताउनुभयो ।

२०३२ सालमा स्थापना भएको राममन्दिर माध्यमिक विद्यालयलमा कक्षा १ देखि १२ सम्म पढाइ हुदै आएको छ । विद्यालयमा विद्यार्थी संख्या दुई सय रहेको प्रध्यानाध्यापक विकास पौडेल बताउनुभयो । स्वर्ण महोत्सवमा विद्यार्थी एवम् अभिभावका लागि विभिन्न खेलकुदको आयोजना गरिएको छ ।

स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने महोत्सव आगामी २१ गते आइतबारसम्म छल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।