६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्ला : वामदेव गौतम


2.171k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ ।

बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबीच भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गर्नुभयो ।

छलफलपछि बोल्दै एकता अभियानका संयोजक गौतम र पार्टीका पदाधिकारीबीच छलफल भएको र छलफल सकारात्मक रहेको बताउनुभयो । उहाँले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताउनुभयो । उहाँले एकतावद्ध भइ अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको बतउनुभयो ।

उहाँले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको बताउनुभयो । भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले भीम रावलसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढिरहेको दाबी गर्नुभयो ।