१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


धेरै जातजाति, भाषाभाषीहरु नेपालको सम्पत्ति : अध्यक्ष राउत


299
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरु हुनु कमजोरी नभएको बताउनुभएको छ ।

बुधबार माईतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो ।

अध्यक्ष राउतले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गर्नुभयो । उहाँले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताउनुभयो ।

अध्यक्ष राउतले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नोआफ्नो पोशाक लगाइ पोशाक दिवस मनाउनुपर्ने बताउनुभयो । उहाँले अरुलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताउनुभयो ।

राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरु धोती लगाएर माईतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए । उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।