काठमाडौं । १२ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जागरुक युवा अभियान नेपालको आयोजनामा बुधवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो । ‘नेपाली टोपी लगाऔँ : पहिचान जोगाऔँ’ भन्ने नारासहित यस वर्ष १२ औँ नेपाली टोपी दिवस मनाइएको हो ।
दौरा शुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको छ ।
उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् ।
उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, हाम्रो राष्ट्रिय पहिचान खै, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, तपाईं हाम्रो अभियान जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्