६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न क्लिया प्रविधि


0
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ ।

रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो । यस प्रविधिले दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने संक्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) को जोखिमलाई घटाउने विश्वास लिइएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवामा र्‍यापिड वा इलाइजा प्रविधिबाट रगत परीक्षण हुने गरेकामा गत हप्ताको बुधवारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको शुरुवात गरेको रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवले बताउनुभयो ।

यादवले यस प्रविधिले रक्तदान गर्ने मानिसको जीवाणु परीक्षण प्रभावकारी ढंगले हुने र शुद्ध रगतको प्रयोगको अभ्यासलाई बढावा दिने बताउनुभयो । उहाँले रगतको माध्यमबाट सर्ने एचआइभी एड्स, हेपटाइटीस लगायतका रोगहरु फैलनबाट पूर्णरुपमा रोक्न क्लियाले सहयोग गर्ने बताउनुभयो ।

यादवले यसअघि ¥यापिड वा इलाइजा प्रविधिबाट रक्तदाताको तीनदेखि ६ महिनाको रगतको इन्फेक्सन थाहा पाइँदै आएकोमा १५ दिन अघिको रगतको संक्रमण थाहा पाउन सकिने बताउनुभयो । उहाँले क्लिया प्रविधिले इन्फेक्सन भएको ब्लड ट्रान्सफर रोक्नको लागि ठूलो सहयोग पु¥याउने बताउनुभयो ।

‘यस प्रविधिले यदि मान्छेमा १४ दिनअघि मात्र कुनै व्यक्तिमा इन्फेक्सन भएको रहेछ भने पनि देखाउने भएकाले सहज भएको छ । यसले हामीलाई इन्फेक्सन भएको ब्लड ट्रान्सफर रोक्नको लागि ठुलो सहयोग पु¥याउने छ ।’ यादवले भन्नुभयो ।

पछिल्लो समय रगतको माग बढ्दै गएपनि ब्लड बैंकहरूले गुणस्तरीय जाँच (स्क्रिनिङ) नगर्दा संक्रमणको जोखिम बढेको भन्दै सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको थियो । रगत परीक्षणका लागि नेपालको क्लिया प्रविधि कोसेढुंगा सावित हुने उहाँको विश्वास छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले आफूहरुको मुख्य उद्देश्य रगतको सुरक्षालाई बढावा दिनु रहेको उल्लेख गर्दै क्लिया प्रविधिले सहयोग गर्ने बताउनुभयो । क्लिया प्रविधि भित्रिएसँगै रगतको सुरक्षा गुणात्मक रुपमा बढेको उहाँले बताउनुभयो ।

निर्देशक गुप्ताले उक्त प्रविधिको माध्यमबाट रगतको माध्यमबाट सर्ने रोगहरुलाई बढीभन्दा बढी नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले बिस्तारै रेडक्रसका देशभर रहेका रक्तसञ्चार सेवामा यस्तो प्रविधि जडान गर्न जरुरी रहेको बताउनुभयो । देशभरका रक्तसञ्चार केन्द्रहरुमा क्लिया मेथोडोलेजीबाट रक्तजाँच गर्नुपर्ने पहलको शुरुवात भएको उहाँको भनाइ छ ।

निर्देशक गुप्ताले भन्नुभयो, ‘हाम्रो मुख्य उद्देश्य के हो भने हाम्रो विन्डो पिरियडमा छिटो डिटेक्ट गरेर रगतको सुरक्षालाई बढाउने हो । यदी हामीले रगतजाँचका अन्य प्रयासहरु ग¥यौं भने ६ महिनाको लागि विन्डो पिरियड डिटेक्ट गर्छ एलाइजा गर्यो भने तीन महिनाको गर्छ । त्यसो हुँदा त ९० दिनमा पनि कोहीमा इन्फेक्सन भयो भने डोनेसन गर्नसक्छ । यो क्लिया मेथोडोलोजि हो । यसले १२ देखि १५ दिनको इन्फेक्सनलाई डिटेक्ट गर्छ ।’

यसअघि उक्त केन्द्रमा रगतको सुरक्षित प्रोटोकल तथा मापदण्डको परिपालनामै गम्भीर त्रुटी हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाएको थियो ।- न्युज एजेन्सी नेपाल