काठमाडौं । बुद्ध एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिनसक्ने बताउनुभएको छ ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताउनुभएको हो ।
अध्यक्ष बस्नेतले भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनसँग सम्झौता गरेको बिआरआई परियोजना अन्तर्गतको आयोजना भएकाले भन्दै उडान अनुमति नदिएको बताउनुभयो । उहाँले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बिआरआई परियोजना अन्तर्गत नभएको स्पष्ट बनाए उडान अनुमति दिनसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको भनेर भारतले अनुमति नदिएकाले चल्न नसकेको दाबी गर्नुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता ३१९ वा त्यो भन्दा सानो क्याटोगोरीको जेट विमान मात्रै चल्ने अवस्था रहेको बताउनुभयो ।
अध्यक्ष बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बिआरआई परियोजनसँग जोडिनु भएको बताउनुभयो । उहाँले बिआरआई होकी होइन नेपाल सरकारले व्याख्या गरिदिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
अध्यक्ष बस्नेतले बुद्ध एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सबैभन्दा पहिला अन्तर्राष्ट्रिय उडान गर्न खोजेको बताउनुभयो । उहाँले नेपाल सरकारले पोखराबाट बनारस उडानको अनुमति नेपाल सरकारले दिएपनि भारत सरकारले अहिलेसम्म नदिएको बताउनुभयो । उहाँले अनुमति दिए ३८ सय भिजिविलिटीमा पनि उडान गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्