Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन : प्रधानमन्त्री ओली


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोप-३० जाँदा भाषण सुनेर फर्किने नभइ निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिनुभएको छ ।

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन सम्बन्धी सम्मेनहरुलमा जाँदा भाषण सुन्ने नभइ निर्णय गराउनसक्ने गरी जानुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सम्मेलनका दिइने ३ मिनेटलाई कतिबेला आयो भन्नेकुराको जानकारी बिनै उत्कृष्ट रुपमा आफ्ना धारणा र एजेण्डाहरु प्रश्तुत गर्नुपर्ने बताउनुभयो । योजना उहाँले कोप ३० मा जाँदा नेपालले आफूलाई विशेष तयारीका साथ जानुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नेतृत्व लिन सक्नुपर्ने बताउनुभयो । सबै एकजुट भएमात्रै जलवायु परिवर्तनका समस्या न्युनिकरण गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसम्बन्धी असर न्युनिकरणका लागि ठोस नीति बनाउनुपर्ने बताउनुभयो । कसको जिम्मेवारी के रु कसले के गर्ने रु भनेर सरकारले समिति बनाउने र समितिको सुझावअनुसार जलवायु अनुकुलनका लागि काम गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेदेखि नै कोप ३० को तयारीमा लाग्न निर्देशन दिनुभयो । कोप २० बाट ३० आउँदासम्म नेपालले गरेका कामहरुको प्रतिवेदन बनाउने र आफ्ना एजेण्डाहरु दृढ र स्पष्ट बनाउनुपर्नेमा जोड दिनुभयो । हिमालमा जलवायु परिवर्तनका कारण परेको असरमा नेपालले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सिमित श्रोत र साधनका बाबजुत पनि नेपालले सचेतनामुलक कार्यक्रमहरुमार्फत वातावरण सफा राख्नसक्ने बताउनुभयो । वन जंगलमा डढेलो लाग्न नदिन नागरिकमा सचेतना फैल्याउन आवश्यक रहेको बताउनुभयो ।