७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


युक्रेनमा रुसको हमलाबाट उर्जा संरचना ध्वस्त


1.989k
Shares

एजेन्सी । रुसले क्रिसमस पर्वको दिन युक्रेनमा गरेको हमला सफल भएको जनाएको छ । इशाइ धर्मावलम्वीहरुको पर्व क्रिसमसको अवसर पारेर रुसले युक्रेनमाथि व्यापक हमला गरेको थियो ।

युक्रेनीहरु क्रिसमस मनाउन व्यस्त रहेको बेला क्षेप्यास्त्र र ड्रोनबाट हमला हुँदा राजधानी शहर किभमै कोलाहल मच्चिएको थियो । कतिपय युक्रेनी नागरिक बंकरमा लुकेका थिएभने कतिले मेट्रो स्टेशनमा रात कटाएका थिए ।

रुसी आक्रमण युक्रेनका उर्जा संरचनामा केन्द्रीत थियो । देशका महत्वपूर्ण उर्जा संरचना ध्वस्त हुँदा विजुली आपूर्तिमा समस्या आएको छ ।

युक्रेनी सेनाले रुसले प्रहार गरेका १ सय ८४ वटा क्षेप्यास्त्र तथा ड्रोन पहिचान गरेको बताएको छ । आक्रमणमा मानवीय क्षति भएको बताइए पनि विस्तृत जानकारी दिइएको छैन ।