काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो टिप्पणी गर्नुभएको हो ।
नेता सिटौलाले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउनुभयो । उहाँले संविधान सभाको कुरा कांग्रेसले २००७ साल मै उठाएको दाबी गर्नुभयो । उहाँले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गर्नुभयो । निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताउनुभयो ।
पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै नेता सिटौलाले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्