काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो ।
नेता सिटौलाले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले अहिलेको अभियान २०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्नुभयो । उहाँले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस/अपजस लिनुपर्ने बताउनुभयो ।
नेता सिटौलाले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पु¥याउनुपर्ने बताउनुभयो । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
नेता सिटौलाले नेपाली कांग्रेस पार्टीले गर्न नसके अरु कुनैपनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्