 
	    काठमाडौं, जेठ २७ । जापानमा तीब्र गतिको एक बुलेट ट्रेनमा एक व्यक्तिले यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरी हत्या गरेका छन् ।
चक्कु आक्रमणबाट एक जना मारिनुका साथै अरु दुईजना भने घाइते भएका छन् ।
आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको जापानी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले खबर दिएका छन् ।
टोकियोबाट ओसाकाका लागि छुटेको तीब्र गतिको उक्त रेलमा गएराति १० बजे घटना भएको हो । घटना भएको समयमा रेलमा ८ सयभन्दा बढी यात्रु थिए ।
घाँटीमा चक्कु प्रहार गरिएका पुरुष यात्रीलाई अस्पताल लगिएको र त्यही मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।
घाइते अरु दुईजना महिला हुन् । इचिरो कोजिमा नाम गरेका २२ वर्षका व्यक्तिले आक्रमण गरेको आशंकामा पक्राउ गरिएको छ ।(एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्