Logo ७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026


अमेरिकाले राष्ट्रपति ट्रम्पको फोटोसहितका विशेष राहदानी जारी गर्दै

स्वतन्त्रताको २५० औं वार्षिकोत्सवको अवसरमा राहदानी जारी गर्ने तयारी

351
Shares

एजेन्सी। अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटोसहितका विशेष राहदानी जारी गर्ने भएको छ ।

अमेरिकी स्वतन्त्रताको २५० औँ वार्षिकोत्सव मनाउनको लागि सीमित संख्यामा विशेष डिजाइन गरिएका राहदानीहरू जारी गर्ने तयारी गरिएको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले प्रस्तावित राहदानीको भित्री कभरमा राष्ट्रपति ट्रम्पको तस्बिर अंकित हुने बताउनुभयाे ।

आगामी जुन महिनादेखि वितरण हुने यस्ता राहदानीको संख्या खुलाईएको छैन । अमेरिकी समाचार संस्था फक्स न्यूजले नयाँ राहदानी डिजाइनहरूमा स्वतन्त्रताको घोषणाको पाठ, अमेरिकी झण्डा, ट्रम्पको फोटो र सुनको हस्ताक्षर हुने भएकाे हाे । यस्ता राहदानीको लागि कुनै अतिरिक्त शुल्क नलाग्ने बताईएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २५० औं स्पतन्त्रता दिवसको अवसरमा जारी गरिने सामग्रीमा आफ्नो नाम, फोटो र हस्ताक्षर प्रयोग गर्दै आउनुभएको छ । यसअघि उहाँले स्मारक सिक्कामा पनि आफ्नो फोटो राख्ने घोषणा गर्नुभएको थियो ।