एजेन्सी । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तको बेकासी शहरमा रेल दुर्घटना हुदाँ करिब १४ जनाको मृत्यु भएकको छ ।
अधिकारीहरुले साेमबार राति भएकाे दुर्घटनामा परी दर्जर्नौ घाइते भएकाे बताएका हुन् । राज्यको बेकासी तिमुर स्टेशनमा लामो दुरीको रेलले यात्रुबाहक कम्यूटर रेललाई पछाडीबाट ठक्कर दिदाँ भएको दुर्घटनामा भएकाे थियाे । दुर्घटनामा कैयौं रेलको डिब्बा क्षतिग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।
कम्यूटर रेलले दुर्घटनाअघि ट्रयाकमा रहेको एउटा ट्याक्सीलाई ठक्कर दिएलगतै पछाडिबाट आइरहेको लामो दूरीको रेल त्यससँग जुधेको बताइएको छ । सरकारी रेलवे कम्पनीले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको र शव आफन्तलाई बुझाइसकिएको जनाएकाे हाे ।
घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्