१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


नेपाल डेरी एसोसिएसन बागमती प्रदेशमा नयाँ कार्यसमिति चयन


442
Shares

काठमाडौं । नेपाल डेरी एसोसिएसन बाग्मती प्रदेशको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

बाग्मती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षयतामा, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको प्रमुख अतिथ्यतामा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, संस्थाको संस्थापक सदस्य राजन प्रसाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, मनोज घिमिरे, केन्द्रीय सदस्यहरु शिव घिमिरे, नवराज तिमिल्सिना, रवि थापा लगायत जिल्ला र प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा दुग्ध क्षेत्रमा सहयोग पु¥याउने पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित पत्रकारहरुमा ईमेज टेलिभिजनकी प्रमिला खतिवडा, आर्थिक पत्रकार सरोज ओझा, न्युजलाइन अनलाइनका राजु भट्ट, टक्सारका सम्बादाता अनुप आचार्य, बागमती प्रदेशअन्तर्गत जिल्लाका एक जना उद्योग र किसान रहेका थिए ।

एसोसिएसनको तेस्रो अधिवेशनबाट बागमती प्रदेश नेपाल डेरी एसोसिएसनको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः टीका प्रसाद घिमिरेको अध्यक्षयतामा नौसदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

त्यस्तै नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला कार्यसमिति तर्फ जयराम घिमिरेका अध्यक्षतामा नौसदस्यीय पदाधिकारी एंव सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।