१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


‘नागरिकता समस्या सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्छ’


13
Shares

काठमाडौं । नागरिकताको विषयमा संविधान संशोधन गर्दा महिला, पुरुष भन्ने शब्द नै हटाएर नागरिक भन्ने शब्द राख्नु पर्ने नेकपा एमालेकी पूर्वसांसद विन्दा पाण्डेले बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा मिडिया यड्भोकेसी ग्रुप र फोरम महिला, कानून र विकास मञ्चले आयोजना गरेको संविधान संशोधनमा नागरिकताको मुद्दा विषयक कार्यक्रम सो कुरा पूर्वसांसद पाण्डेले बताउनुभएको हो । पूर्वसांसद पाण्डेले संविधानको धारा ११ को उपधारा ५ र ७ हटाउनपर्ने बताउनुभएको छ । महिलाले सहज रुपमा नागरिकता नपाउदा अंश र परिवारको हकबाट बन्चित हुनुपरेको पूर्वसांसद पाण्डेले बताउनुभयो ।

त्यस्तै, नागरिकतामा आमा र बुवाको हक समान हुनुपर्ने पूर्वमन्त्री तथा सांसद रेखा शर्माले बताउनुभएको छ । उहाँले संविधान संशोधन मुख्य एजेण्डा हो र गर्नुपर्ने बताउनुभयो । माथिल्लो तहमा बस्ने पुरुषमा दिमानमा नै पितृ संत्ता जगडिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सांसद सिता गुरुङले वडा अध्यक्षलाई पनि नागरिकताको विषयमा राम्रोसँग ज्ञान नभएकाले नागरिकता बनाउने क्रममा नागरिकले धेरै समस्या भोग्नु परेको बताउनुभयो । उहाँले वडा अध्यक्षलाई पहिले नागरिकताका बारेमा ज्ञान दिनुपर्ने बताउनुभयो । पूर्वमन्त्री गुरुङले २० वर्ष नपुगि विवाह गर्ने र बच्चा जन्मेपछि समस्या हुने गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले नेपाली भुमिमा आमा विभिन्न प्रकारका हुने र बुवा स्वतन्त्र र एउटै प्रकारको हुने गरेको बताउनुभयो । उहाले नागरिकताका लागि महिला र पुरुषमा धेरै भिन्नता भएको बताउनुभयो । नेपाल मातृभूमि भन्दा पनि पितृ भूमि भएको बताउनुभयो । अधिवक्ता श्रेष्ठले नेपाली महिला समान हुन भन्नका लागि संविधान संशोधन हुनुपर्ने बताउनुहुन्छ ।

कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार बबिता बस्नेतले गर्नुभएको थियो ।