१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


रुसी जेनेरलको हत्या आरोपमा एक पक्राउ


0
Shares

एजेन्सी । रुसमा आणविक बलका प्रमुख इगोर किरिलोभको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

रुसी छानबिन समितिका अनुसार उज्वेकिस्तानका २९ वर्षीय अभियुक्तमाथि छानबिन भइरहेको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन । अभियुक्तले आफ्नो कसुर स्वीकार्दै आफुलाई युक्रेनी जासुसी संयन्त्र (एसबियु) ले काममा लगाएको जानकारी दिएको रुसको दाबी छ ।

रुसी राजधानी मस्कोस्थित आफ्नो अपार्टमेन्ट बाहिर मंगलबार बिहान विद्युतीय स्कुटर विष्फोट गराएर किरिलोभको हत्या गरिएको थियो । विष्फोटमा उनका एक सहयोगीको पनि मृत्यु भएको थियो ।

युक्रेनी अदालतले एक दिन अघि मात्रै किरिलोभलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोगको मामिलामा दोषी ठहर गरेको थियो । पछिल्ला चार महिनामा मारिने किरिलोभ तेस्रो वरिष्ठ रुसी सैन्य अधिकारी हुन् ।