काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको बताउनुभएको छ ।
बुधबार न्याय परिषद् दिवस, २०८१ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कानूनमन्त्री चौरसियाले न्याय सेवालाई थप परिस्कृत र सुदृढिकरण गर्दै लग्नुपर्ने बताउनुभएको हो ।
कानूनमन्त्री चौरसियाले कार्यपालिका अथवा कुनैपनि व्यक्तिबाट अन्याय भएको खण्डमा न्याय खोज्ने एक मात्र ठाउँ न्यायपालिका रहेको बताउनुभयो । उहाँले न्याय सम्पादनका क्रममा न्यायाधीशहरु कार्यालय समयभन्दा ढिलोसम्म बसेर पनि काम गर्नुपर्ने अवस्थामा पनि सरकारले प्रोत्साहन भत्ता दिन नसकेकोमा दुखेसो गर्नुभयो ।
कानूनमन्त्री चौरसियाले कोरोना कहरदेखि लिएर रुस-युक्रेन युद्धको कारण थालिएको मुलुक बिस्तारै ट्र्याकमा आइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्