५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


रुसको आणविक बलका प्रमुख मारिएपछि मस्कोमा त्रास


11.505k
Shares

एजेन्सी । रुसको आणविक सुरक्षा बलका प्रमुख लेफ्टिनेन्ट जेनेरल इगोर किरिलोभ मारिएपछि मस्कोमा सुरक्षा त्रास बढेको छ ।

रुसको राजधानी मस्कोस्थित आफ्नो अपार्टमेन्ट बाहिर मंगलबार हिजो बम आक्रमणमा किरिलोभ मारिएका थिए । राष्ट्रपति भवन क्रेमलिनबाट सात किलोमिटर टाढा रहेको अपार्टमेन्टबाट बाहिर निस्कने क्रममा विद्युतीय स्कुटर विष्फोट गराइ उनको हत्या गरिएको हो । विष्फोटमा उनका एक सहयोगीको पनि मृत्यु भएको थियो ।

रुसी अधिकारीहरुले उनको हत्या कसले गराएको भन्ने विषयमा टिप्पणी नगरे पनि सञ्चार माध्यमहरुले युक्रेनी जासुसी संयन्त्रले हत्या गरेको बताएका छन् । युक्रेनको गुप्चतर एजेञ्सीले यसअघि पनि रुसका केही उच्च ओहदाका व्यक्तिको हत्या गरिसकेको छ ।

युक्रेनी अदालतले एक दिन अघि मात्रै किरिलोभलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोगको मामिलामा सजाय सुनाएको थियो । पछिल्ला चार महिनामा मारिने किरिलोभ तेस्रो वरिष्ठ रुसी सैन्य अधिकारी हुन् । यो घटनाले रुस युक्रेन युद्ध नयाँ मोडमा पुगेको विश्लेषण गरिएको छ ।