२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


एनपिएल क्रिकेट


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा कर्णाली याक्स प्लेअफमा पुगेको छ । सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णालीले नेट रन रेटमा काठमाडौं गुर्खाजलाई पछि पार्दै प्लेअफमा पुगेको हो । काठमाण्डौ भने लिग चरणबाट बाहिरिएको छ ।

यसअघि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् । बुधबार इलिमिनेटरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली खेल्दैछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

बुधबार नै दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ । यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।