१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


फ्रान्सको मायोटेमा आएको आँधीमा एक सय बढीको मृत्यु


806
Shares

एजेन्सी । फ्रान्सको हिन्द महासागर क्षेत्र मायोटेमा आएको आँधीमा एक सयभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । आँधीमा फसेकाहरुको खोजी कार्य जारी रहेको छ । मृत्यु हुनेको संख्या हजारौं पुग्न सक्ने अनुमान गरिएको छ ।

तीव्र हावाको गतिसँगै आएको आँधीका कारण सम्पूर्ण बस्तीहरू समतलमा परिणत भएका छन् । ३ लाख २० हजार जनसंख्या रहेको सो क्षेत्रमा विशेष गरी अस्थायी बसोबास गर्ने निम्न वर्गका मानिसहरु रहने गरेका छन् । आँधी प्रभावितहरुका लागि उद्धार र राहत सामग्री वितरण कार्य तीव्र गतिमा भइरहेको बताइएको छ ।

मेयोटेको राजधानी मामुदजोउका मेयर अम्बादिल सौमाइलाले आँधीले २ सय बढी गम्भीर घाइते भएको जनाउँदै हराइरहेकाहरुको उद्धारका लागि कुनै कसुर बाँकी नराख्ने जनाउनु भएको छ । प्रतिघण्टा २ सय २६ किलोमिटरको दरले आएको आँधी अझै केही दिन रहने अनुमान गरिएको छ ।