एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) गाजाको देर अल–बालाह शहरमा गरेको आक्रमणमा उक्त शहरका मेयर पनि मारिएका छन् । त्यस्तै गाजाको एक विद्यालयमा एक महिला र उनको बच्चा सहित सात जनाको मृत्यु भएको छ ।
इजरायलले उक्त विद्यालयलाई हमासले आफ्नो आधारको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ । तर हमासले यसलाई अस्वीकार गर्दै आएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो ।
गत वर्षको अक्टोबरमा हमासले इजरायलमा हमला गर्दा १२ सय इजरायली मारिएपछि हमास र इजरायलबीचको सम्बन्ध चिसिएको हो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्