१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


कर्मचारी ऐन संशोधनको तयारीमा छौं : कानूनमन्त्री चौरसिया


767
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कर्मचारी ऐन संशोधनको तयारीमा रहेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।

मन्त्री चौरसियाले संसद सचिवालयका कर्मचारीका माग सम्बोधन हुनेगरी ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुको कामलाई व्यवस्थित र संवैधानिक तवरले सम्पन्न गर्नको लागि कर्मचारीहरु भूमिका प्रसंशनीय रहेको उहाँले बताउनुभयो । कर्मचारी ऐनमा सर्वोच्चका निर्णय उल्लेख गर्दे विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै ल्याउने बताउनुभयो ।

२०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ । यही अवसरमा शुक्रबार संघीय संसद सचविालयले मूल समारोहको आयोजना गरेको थियो ।