काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने मान्छेहरु नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आउन नसकेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।
पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्र सुधार गर्नेदेखि पुँजीबजार, विमा क्षेत्रमा आफू अनकुलमा व्यक्तिहरु हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले नेपालका नियामक निकायमा क्षमतावान र स्वस्थ व्यक्ति सरकारले ल्याउन नसक्दा समस्या भइरहेको जानकारी दिनुभयो ।
पूर्वअर्थमन्त्री पुनले लगानी प्रवद्र्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा स्वस्थ व्यक्ति पुग्न नसकेको बताएको बताउनुभयो । उहाँले आफू अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आउँदा अध्यक्षलाई राजीनामा दिनुस् भन्दा नमानेको खुलासा गर्नुभयो ।
पूर्वअर्थमन्त्री पुनले मुलुकमा पछिल्लो समय आन्तरिक तथा वाह्य लगानीको वातावरण बन्न नसकेको उल्लेख गर्नुभयो । उहाँले त्यसको लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री पुनले सरकार र नियमनकारी निकायहरुबीच ट्युनिङ मिल्ने/नमिल्ने विषयको कारणले पनि बजारमा ऋण प्रवाह हुन नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्रको अहिले पनि मनोवल माथि उठ्न नसकेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्