६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति


0
Shares

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा परेर प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले आइतबार लामिछानेमाथि थप अनुसन्धान गर्न प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । सरकारी वकिल कार्यालय कास्कीले भने १३ दिनको म्याद मागेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई त्यसै दिन कास्की लगिएको थियो । त्यसयता रुपन्देही, काठमाडौं र चितवनमा लगेर बयान लिइएको छ ।

लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिए पनि हाल कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान थालेको छ । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा सहकारी लगायतको रकम हिनामिना गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान भइरहेको हो ।