६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


पूर्वमन्त्री अधिकारीविरुद्धको निवेदनमा आज सुनुवाइ हुँदै


1.417k
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको निर्णय विरुद्धको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

मानव तस्करीको आरोप लागेका प्रदेश सांसदलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्च अदालतको प्रशासनले उक्त रिट दरपिठ गरिदिएको थियो । उक्त दरपिठविरुद्ध त्रिपाठीले सर्वोच्चको इजलासमा दिएको निवेदनमाथि आज सुनुवाइ हुने भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पैसा तिरेर जापान जानेहरूलाई पक्राउ गरेर अनुसन्धानका लागि थुनामा राखेको छ । तर उनीहरूलाई लिएर गएको आरोप लागेका मन्त्रीलाई भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।

जिल्ला सरकारी वकिलको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा राख्न वरिष्ठ अधिवक्ता त्रिपाठीले माग गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि अधिकारी मंसिर १० गते रिहा हुनुभएको छ ।