काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको बताउनुभएको छ ।
शनिबार वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले यस्तो बताउनुभएको हो ।
प्रधानन्यायाधीश राउतले लयमा फर्किएको न्यायालय मात्रै आफूहरुले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले न्यायालय आफैँ गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानून व्यवसायीहरुको भएको बताउनुभयो । गरिमामय न्यायालय, स्वच्छ न्यायालउको न्यायमूर्ति हुने हो भने त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकता आवश्यक रहेको बताउनुभयो ।
प्रधानन्यायाधीश राउतले वरिष्ठ अधिवक्ताहरुले नैतिकताको लक्ष्मण रेखाभित्र आफूलाई राख्न सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्