८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


जनकपुरधाम अयोध्यावासीका लागि पूजनीय स्थानः चम्पत राय


234
Shares

काठमार्डौ । रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायले अयोध्यावासीका लागि पूजनीय स्थान जनकपुरधाम रहेको बताउनुभएको छ ।

विवाहपञ्चमीको अवसरमा बिहीबार जनकपुरधाम आइपुग्नुभएका महासचिव रायले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले अयोध्या र जनकपुरधामबीच अटुट सांस्कृतिक सम्बन्ध रहेको पनि बताउनुभयो । महासचिव रायले लोककल्याणका लागि भगवान विष्णुले रामको रूपमा जन्म लिनुभएको र माता सीता आदिशक्ति भएको बताउनुभयो ।

यसपटक विवाहपञ्चमी महामहोत्सवमा अयोध्याबाट करिव पाँच सय जना जन्ती जनकपुरधाम आएका छन् ।