७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा


195
Shares

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरुलाई थप उपयोगी र परिस्कृत गर्ने उद्देश्यले कार्यालयले सोमबार एक समारोहका बीच पोर्टल सार्वजनिक गरेको हो ।

कार्यक्रमकाबीच तथ्याङ्क कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्व र उपयोगिताबारे जानकारी दिनुभयो । उहाँले कार्यालयले उत्पादन गरेका तथ्याङ्कहरुलाई थप उपयोगमैत्री बनाउन र प्रयोगकर्ताको सहज पहुँचका लागि पोर्टल सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्याङ्कको केन्द्रिय निकाय भएको उल्लेख गर्दै कार्यालयले सार्वजनिक गर्ने तथ्याङ्क सत्य र वस्तुनिष्ठ हुनुपर्ने बताउनुभयो ।

पोर्टलमा कार्यालयले उत्पादन गर्ने आर्थिक तथा सामाजिक क्षेत्रका तथ्याङ्कहरु सार्वजनिक गरिने उहाँले बताउनुभयो ।