काठमाडौं । आजबाट धरहरा सर्वसाधारणका लागि सशुल्क सञ्चालनमा आएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई आजबाट धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
जसअन्तर्गत धरहरा चढेको शुल्क दुई सय रुपैयाँ तोकिएको छ । विद्यार्थी र ७० वर्षमाथिकाले ५० प्रतिशत छुट पाउनेछन् । यसैगरी सार्क राष्ट्रका विदेशीका लागि पाँच सय र अन्य देशका लागि एक हजार तोकिएको छ ।
धरहराको पार्किङ शुल्क पनि निर्धारण गरिएको छ । चारपांग्रेका लागि प्रतिघण्टा २० र दुईपांग्रेका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा व्यवसायीक फोटोग्राफी शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ । धरहरा चढ्ने समय बिहान १० बजेदेखि ४ बजे निर्धारण गरिएको छ भने हरेक साताको बुधबार भने बन्द रहनेछ ।
प्रतिक्रिया दिनुहोस्