एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरुका कारण युक्रेनसँगको द्वन्द्व झन चर्कन सक्ने चेतावनी दिनुभएको छ ।
युक्रेनले पश्चिमा राष्ट्रहरुको उक्साहटमा रुसमा आाक्रमण तिव्र पारेको भन्दै अबका दिनमा द्वन्द्व झन चर्कने पुटिनको भनाइ छ । रुसको कुर्स्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलद्वारा आक्रमण गर्नुको युक्रेनका लागि घातक सावित हुने भन्दै उहाँले युक्रेनलाई उक्साउने काम तत्कालका लागि बन्द गर्न धम्की दिनुभएको छ ।
युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने भन्दै पुटिनले रुसमाथि आक्रमण गर्ने देशका विरुद्ध हतियार प्रयोग गर्ने अधिकार आफूहरूसँग रहेको समेत प्रष्ट पार्नुभयो ।
‘शत्रु’ माथि कारवाहीका निम्ति रुसले नयाँ मध्यम दूरीको ब्यालिस्टिक मिसाइल ओरेश्निकको सफल परीक्षण गरेको पुष्टि गर्दै युक्रेनको बाँकी रहेको भुमी पनि अब समाप्त हुने उहाँको दाबी छ । युक्रेनले गरेको पछिल्लो मिसाइल आक्रमणमा रुसका केही भवनहरु ध्वस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्