१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


आम नागरिक अनुशासित नहुँदा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भयो : उपसभामुख राना


169
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आम नागरिकहरु अनुसाशित नहुँदा नेपालमा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भएको बताउनुभएको छ ।

बिहीबार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषद्मा आयोजित फोटो प्रदशनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले सुन्दर र स्वस्थ वातवरण बनाउनुपूर्व सबैले सभ्य र अनुसाशित बन्न जरुरी रहेको बताउनुभयो । उहाँले सामुदायिक जंगलहरुमा लाग्ने डढेलो नियन्त्रण गर्न नसक्नु र चुरोट जस्ता वायु प्रदुषण गर्ने वस्तुहरु जथाभावी फाल्दा वातावरण दुर्गन्धित बन्नुका साथै आउँदो पुस्तामा नकारात्मक सन्देश जाने बताउनुभयो । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकोले वातावरण स्वस्थ राख्ने दायित्व सबै राष्ट्रको भएको उपसभामुख रानाको भनाइ छ ।

उपसभामुख रानाले देशभरका बालबालिकाहरुलाई स्वस्थ वातावरण निर्माणका लागि सबै तहबाट सक्रियता देखाउन जरुरी रहेको बताउनुभयो ।