२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


गाजामा खाद्यान्न बोकेको लरी लुटियो


533
Shares

एजेन्सी । गाजास्थित प्यालेस्टिनी शरणार्थीहरूका लागि खाद्यान्न बोकेको १ सय ९ वटा लरी लुटिएको छ ।

संयुक्त राष्ट्र संघ एजेन्सी उन्वाका अनुसार इजरायल नियन्त्रित केरेम शालोम क्रसिङबाट दक्षिणी गाजातर्फ गइरहेको लरी सशस्त्र नकाबधारी समुुहले लुटेका हुन् । सो समुहले चालकहरूलाई बन्दुक तेर्साइ खाद्यान्न लरीबाट झार्न बाध्य पारिएको हो । लरीमा रहेको खाद्यान्न गाजाका बीस लाख मानिसलाई पुग्ने आकंलन गरिएकोमा खाद्यान्न लुटिनु गम्भीर बिषय भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

गाजाको हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयका अनुसार सुरक्षाकर्मीले खाद्यान्नको सहायता लरी चोरी गर्ने गिरोहका २० भन्दा बढी सदस्यहरूलाई गोली हानी मारेको जनाएको छ । लरी लुटिएको विषयमा भने इजरायली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यसैबीच संयुक्त राष्ट्र संघीय एजेन्सी उन्वा प्रमुख फिलिप लाजारिनीले यो घटना हिंसात्मक बनेको प्रतिक्रिया दिँदै सबैभन्दा खराब घटनाहरुमध्ये एक भनि विश्लेषण गरेको छ ।