१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


दक्षिण अफ्रिकामा अवैध सुनखानी निशानामा


0
Shares

एजेन्सी । दक्षिण अफ्रिकाले अवैध सुन खानीका मजदुरमाथिको कारवाही तीव्र पारेको छ । झण्डै चार हजार अवैध आप्रवासी कामदार बसेको भूमिगत अखडामा आपुर्ति कटौती गरिएको छ । सुन खानीका भूमिगत अखडाबाट बाहिर आएर प्रहरी प्रशासनलाई सहयोग गर्न गरेको आग्रह नमानेपछि उनीहरुको आपुर्ति कटौती गरिएको हो ।

खाना, पानीलगायतका अत्यावश्यक आपुर्ती रोकिएपछि उनीहरु बाहिर निस्कने प्रहरीको अपेक्षा छ । दक्षिण अफ्रिकामा लेसोथो, मोजाम्बिकलगायतका छिमेकी देशहरुबाट अवैध आप्रवासी आएर गैरकानुनी रुपमा संचालित सुनखानीमा काम गर्ने गरेका छन् ।

यसले कानुनी रुपले सबै मापदण्ड पु¥याएर सञ्चालित खानीको व्यवसाय बिग्रिएको र अर्थतन्त्रमै नकारात्मक असर परेको भन्दै सरकारले कारवाही तीव्र पारेको हो ।