१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुँदै


1.495k
Shares

एजेन्सी । अमेरिकामा आज नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।

दुवै उम्मेदवारबिच निकै कडा प्रतिस्पर्धा हुने मत सर्वेक्षणहरुले देखाएका छन् । मतदाताहरुको प्रत्यक्ष मतदान र इलोक्ट्रोल कलेजको सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन परिणाम यसपटक पनि स्विङ स्टेटले निर्धारण गर्नेछ ।

अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात राज्यहरु एरिजोना, जर्जिया, मिचिगन, नेभाडा, नर्थ क्यारालिना, पेन्सीलभेनिया र विसकन्सिनलाई स्विङ्ग स्टेट अर्थात मतदाताले अन्तिम समयमा निर्णय गर्ने राज्यका रुपमा परिभाषित गरिएको छ ।

यिनै राज्यको मतले विजेताको टुंगो लगाउने गरेको छ । यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्रेट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् ।