काठमाडौं । थाई एयर एशियाले आगामी आइतबारदेखि काठमाण्डौ र भैरहवाबाट उडान सञ्चालन गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर एसियाले काठमाडौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने शर्तसहित उडान अनुमति फुकुवा गरेपछि आगामी आइतबारदेखि नियमित उडान गर्ने भएको हो ।
गत कात्तिक ११ गते अनुमति नलिइ थाई एयर एसिया काठमाडौ आएको थियो । त्यसपछि थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही गरेको थियो । थाई एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।
थाई एयर एसियालाई सातामा काठमाडौबाट चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाडौको उडान स्वतः रद्द हुने शर्त समेत राखेर उडान फुकुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्