
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सातामा सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन ।
आजको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बारेमा पनि छलफल हुने जनाइएको छ । निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महशुल नतिर्ने ३४ उद्योगको गत कात्तिक ८ गते विद्युत् लाइन काटिदिएका छन् । घिसिङको उक्त निर्णयबाट सरकार रुष्ट छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्