काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ ।
गणेश, लक्ष्मी र गाई अंकित सिक्का बिक्री शुरु गरेको हो । सुनको असर्फी भने मंगलबार एक दिन मात्रै किन्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
१० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ । १० ग्रामको चाँदी सिक्काको भाउ २ हजार २ सय रुपैयाँ, २५ ग्रामको ५ हजार ५ र ३५ ग्रामको ८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
सुनको सिक्का २ दशमलव ५ ग्राम तौलको हुने राष्ट्र बैंकले जनाएको छ । भोलि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म टक्सार महाशाखाबाट सुनको सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने राष्ट्र बैंकको तयारी छ ।
सुनको सिक्काको मूल्य भने सुनको भोलिको मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्