Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


आइसिसी विश्वकप लिग-२ खेल्ने नेपाली टोली घोषणा


13
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने परेका छन् ।

देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । अमेरिका र स्कटल्याण्डसँग लिग–टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिकामा छन् । अमेरिका, नेपाल र स्कटल्याण्ड सम्मिलित यस सिरिजमा नेपालले पहिलो खेल आइतबार खेल्ने छ ।

Skip This