२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


महिला सशक्तिकरण आवश्यक छ : मन्त्री सुडी


0
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री सुडीले महिलाले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले महिला अधिकारका लागि निरन्तर तत्पर रहेको बताउनुभयो । उहाँले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री सुडीले महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले महिला र बालबालिकाहरुको सशक्तिकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउन जरुरी रहेको बताउनुभयो ।

मन्त्री सुडीले भन्नुभयो, ‘महिला सशक्तिकरण आवश्यक छ । महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा म दृढ विश्वास राख्दछु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु । त्यसैले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

मन्त्री सुडीले पिछडिएका व्यक्तिहरुको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मुल कारणहरुलाई निर्मुल गर्न र महिला एवं बालबालिकाका लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताउनुभयो ।