एजेन्सी । लेबनानको दक्षिणी शहर नाबातीहमा रहेको नगरपालिका भवनमा इजरायलले हवाई आक्रमण गर्दा मेयरसहित १५ जनाको मृत्यु भएको छ ।
बुधबारको आक्रमणमा मेयरसहित कम्तिमा पाँच जना नागरपालिकाका कर्मचारी मारिएका छन् । नगरपालिका भवनमा द्वन्द्वपीडितका लागि राहत वितरणबारे छलफल चलिरहँदा इजरायलले हवाई हमला गरेको बुझिएको छ ।
लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले आक्रमणको निन्दा गर्दै इजरायलले जानिबुझी काउन्सिलको बैठकलाई निशाना बनाएको बताएका छन् । यो आक्रमण लेबनानको सरकारी भवनमा इजरायलले गरेको अहिलेसम्मको ठूलो आक्रमण हो ।
इजरायली सेनाका एक प्रवक्ताले उक्त क्षेत्रमा दर्जनौं हिजबुल्लाह अखडाहरुमा छापा मारेको र आक्रमण गरेको पुष्टी गरेका छन् । राजधानी बेरुतमा पनि हिजो एउटा रकेट आक्रमण गरिएको थियो ।
अमेरिकाले तिव्र असन्तुष्टी जनाएपछि लेबनानको राजधानी शहर बेरुतमा भने पछिल्लो पाँच दिनदेखि इजरायली हवाई हमला केही मत्थर भएको छ ।
प्रतिक्रिया दिनुहोस्