२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024


सप्तकोशी नदीमा जवरजस्ती पानी जहाज सञ्चालन


6.656k
Shares

सुनसरी । सप्तकोशी नदीमा जवरजस्ती पानी जहाज सञ्चालन गरिएको छ ।

नदीमा बाढी आइरहेको अवस्थामा पानी जहाज सञ्चालन गरिएपछि यात्रुहरुको सुरक्षामा प्रस्न उठेको छ ।

सुनसरीको चतरादेखि उदयपुर, धनकुटा हुँदै भोजपुरको सिम्लेसम्म सोमबारदेखि पानी जहाज सञ्चालनमा ल्याइएको हो ।

व्यवसायी नविन पौडेलले ५० सिट क्षमताको पानीजहाज सन्चालनमा ल्याइएको बताउछन् । भोजपुर हतुवागडीका रमेश थापाले कोसीनदीमा बाढीले ठुला ठुला रुखहरु बगाएर ल्याएको समयमा पानीजहाज सञ्चालन गर्दा दुर्घटना हुने र यात्रुहरु असुरक्षित हुने बताउँछन् ।

नेपाली कांग्रेस बराहक्षेत्रका उपसभापति युवराज श्रेष्ठले कोशीमा पानी संग्लिएपछी सञ्चालन गर्दा उत्तम हुने सुझाव दिनुभयो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले पानी जहाज सञ्चालनको विषयमा सम्बन्धित जिल्ला प्रशासनको क्षेत्राधिकार भित्र पर्ने भएकाले प्रहरीले केहिगर्न नमिल्ने बताउनुभयो ।