काठमाडौं । रैथाने परिकार पक्कुको प्रबर्द्धन गर्न पक्कु फेस्टिभल २०८१ को आयोजना हुने भएको छ ।
प्रेसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज १७ देखि २१ गतेसम्म पक्कु फेस्टिभलको आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
होटल प्रेसिडेन्टको महाराजगञ्जस्थित आउटलेटमा आयोजना हुने बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले जानकारी गराउनुभएको हो । उहाँले परम्परा, पहिचान, पाक कला, पक्कु खाना संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पक्कु फेस्टिभलको आयोजना गर्न लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्